महालेखा परीक्षकमा तोयम राय सिफारिस
काठमाडाैं | चैत १८, २०८०
काठमाडौं: महालेखा परीक्षकमा तोयम राय सिफारिस भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषदको बैठकले रायलाई नियुक्त गर्न सिफारिस गरेको हो ।
हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रहेका उनलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा सिफारिस गरिएको हो ।
लामो समयसम्म रिक्त रहेको उक्त पदमा परिषदले रायको नाम सिफारिस गरेको हो । गत जेठमा टंकमणि शर्मा सेवानिवृत्त भएको भएपछि उक्त पद रिक्त थियो ।
संसदीय सुनुवाइबाट अनुमोदन भएपछि उनलाई राष्ट्रपतिले उक्त पदमा नियुक्त गर्नेछन् ।
पोखरा २९ भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन् । क्लबका अध्यक्ष विष्णुु पुन...
पोखरा। गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...
पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सवमा चहलपहल बढ्दै गएको छ । शुक्रबारदेखि सुरु महोत्सवको दोस्रो दिन शनिबार आज दर्शक सहभागिता बढेको हो । शनिबार बिदा परेको र मौसमले समेत साथ दिएसँगै जन...

